भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले भदौ ५ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले फागुन २१ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अधिकांश संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नं.२ र यसको अलावा वडा नं. १,३,४ र पोखरा महानगर पालिकाको वडा नं. १९ को केहि भागमा रहने छ ।