भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज भदौ ८ गते अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ५ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेसकेको छ ।
यस कम्पनीले कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । यस अयोजनाले २०६९ भदौ ५ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन गरिरहेको छ ।