भदौ १९ देखि आईपीओ निष्काशन गर्दै भिजन लुम्बिनी उर्जा कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 02:05:15 PM मा प्रकाशित

laxmi sunrise bank

भिजन लुम्बिनी उर्जा कम्पनी  लिमिटेडले भदौ १९ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री गर्ने भएको छ। कम्पनीले भदौ १९ गतेदेखि आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिकाका वडा नम्बर १,२,३, र ४ का स्थानीय र पोखरा महानगरका वडा नम्बर १९ का स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १९ लाख १२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ भने श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ९१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ। 

स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  स्थानीयले छिटोमा असोज २   गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन सक्ने छन् । 

श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने असोज २ गतेसम्म मात्र आवेदन दिन सक्ने छन् । उनीहरुले न्युनतम १० कित्ता र अधिकतम १९ हजार १ सय २० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

कम्पनीले कास्की जिल्लामा २५ मेगावाटको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको प्रति मेगावाट लागत २० करोड ८० लाख रहेको छ । २०८० साल माघदेखि विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved