वैदेशिक रोजगारीमा रहेकाले सोनापुर सिमेन्टको आईपीओ भर्ने आज अन्तिम, स्थानीयलाई म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 08:46:22 AM मा प्रकाशित

laxmi  sunrise bank
सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज भदौ ११ गते अन्तिम दिन रहेको छ । आयोजना प्रभावित स्थानीय हकमा भने म्याद थप गरि भदौ २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ । 

कम्पनीले  साउन २९ गतेदेखि पहिलो चरणको आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले साउन २९ गतेदेखि आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १२५ रुपैयाँ थप गरि प्रति कित्ता २२५ रुपैयाँमा शेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १५ लाख ३७ हजार ५ सय २५ कित्ता शेयर निष्काशन गरेको छ  स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्। कम्पनीले अन्य सर्वसाधारणलाई भन्दा स्थानीयलाई १२.५८ रुपैयाँ कम मूल्यमा शेयर निष्काशन गरेको हो हो ।


त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १० लाख ७६ हजार २ सय ६८ कित्ता शेयर निष्काशन गरिएको छ । विदेशमा रहेका नेपाली श्रमिकलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.५८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशन गरिएको छ । यस समुहले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० लाख ७६ हजार २ सय ६८ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  

शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले साउन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले प्रिमियम मूल्यमा १ करोड २३ लाख २ सय कितात शेयर निष्काशनको लागि अनुमति पाएको हो ।  कम्पनीले स्थानीय र कर्मचारीलाई प्रति कित्ता २२५ रुपैयाँमा र सर्वसाधारणलाई प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशनको लागि अनुमति पाएको हो  । कम्पनीले आसोज ४ गते शेयर निष्काशनको अनुंती माग गर्दै बोर्डमा आवेदन दिएको थियो। दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । 

सोनापुरले शेयर निष्काशनको अनुंती पाएसंगै नेपाली पुँजीबजारमा सिमेन्ट कम्पनीको संख्या ३ पुग्ने भएको छ । हाल शिवम सिमेन्ट र घोराही सिमेन्ट बजारमा सुचिकृत छन् ।  

सर्वोतम सिमेन्टले पनि आईपीओ जारी गर्न अनुमति माग गरेको छ ।  सर्वोत्तमले भने बुक विल्डिङ विधिबाट शेयर निष्काशन गर्न अनुमति मागेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved