श्रीनगर एग्रीटेकले आईपीओ निष्काशन गर्न चयन गर्यो बिक्री प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2023 | 04:42:31 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिंगलाई बिक्री प्रबन्धक चयन गरेको हो  ।

श्रीनगर एग्रीटेकले  आफ्नो जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य रु. १०० दरको १३ करोड रकम बराबरको १३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो ।

 श्रीनगर एग्रीटेकले श्रीनगर एग्रो फार्मको स्थापना बाट व्यवसाय  सुरु गरेको थियो । फार्म अन्तर्गत ह्याचरी तथा ब्रीडरबाट कुखुराको चल्ला उत्पादन गर्ने गरेको छ ।    दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्दोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म संचालनमा ल्याएको छ । कम्पनीले व्यापार विस्तारको क्रममा वुटवल, रुपन्देहीमा वद्यशालाको स्थापना गर्ने योजना गरेको  छ । कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोत्तामाझ ल्याउनको लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना राखेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved