स्थानीयले माथिल्लो मैलुङ खोलाको आईपीओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2023 | 08:54:03 AM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो मैलुङ खोला जलविद्युत  लिमिटेडले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज भदौ १७ गते अन्तिम दिन रहेको छ। कम्पनीले साउन ४ गतेदेखि  आयोजना प्रभावित रसुवा र नुवाकोट जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो  । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १० लाख कित्ता शेयर निष्काशन गरेको हो।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ  । आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ । प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पुंजी ५० करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved