भगवति हाइड्रोको आईपीओ बाँडफाँड: २३ सय जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2023 | 09:41:25 AM मा प्रकाशित

laxmi sunrise bank

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो 

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ । जस मध्ये २३ सय ८९ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १३ लाख ६ हजार ६ सय ७७ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ७१ हजार २ सय २२ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि लगानीकर्ता भने हात खाली भएका छन् । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ 

नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

कम्पनीले भदौ ५ देखि भदौ ८ गतेसम्म शेयर निष्काशन गरेको थियो ।  कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गरेको थियो । 

 यस कम्पनीले कास्कीमा  ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । यस अयोजनाले २०६९ भदौ ५ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved