अब थर्डपार्टी एपले आईपीओ नतिजा देखाउन नसक्ने, आधिकारिक वेबसाइट मात्र हेर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2023 | 03:52:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिङ लिमिटेडले थर्ड पार्टी एपबाट आईपीओ हेर्न नमिल्ने व्यवस्था गरेको छ । यस अघि थर्ड पार्टी एपहरुले सिडीएसको वेबसाइटबाट डाटा क्रल गरेर तथा अन्य विभिन्न माध्यमबाट डाटा तानेर आइपीओ नतिजा देखाउने गरेका थिए।

अब भने यस्तो कार्यलाई पूर्ण रुपमा बन्द गरिएको सिडीएसका प्रवक्ता सुरेश न्यौपानेले बताए । सेक्युरिटी फिचरहरु थप्दै गएको र अब थर्ड पार्टीहरुले डाटा तानेर आईपीओ नतिजा देखाउन नसक्ने व्यवस्था गरेको उनले बताए । सिडीएसको वेबसाइटबाट डाटा क्रल गर्नु, र डाटा तान्नु गैरकानुनी भएको उनले प्रष्ट पारे ।

सिडीएसले आईपीओको नतिजा हेर्नको लागि https://iporesult.cdsc.com.np/ नामको छुट्टै वेबसाइट संचालनमा ल्याएकोले सोहि आधिकारिक वेबसाइटबाट मात्र आईपीओ नतिजा हेर्न लगानीकर्तालाई प्रवक्ता न्यौपानेले आग्रह गरेका छन् । थर्ड पार्टी एपबाट नतिजा हेर्नु जोखिम समेत हुन सक्ने भएकोले आधिकारिक माध्यमबाट मात्र आईपीओ हेर्न उनले आग्रह गरेका छन् । उनका अनुसार आईपीओ निष्काशन गर्ने सम्बन्धित बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएसको वेबसाइट https://iporesult.cdsc.com.np र मेरोशेयर मात्र आईपीओ नतिजा हेर्ने आधिकारिक वेबसाइट हुन् । उनले यी ३ तरिका बाहेक अन्य थर्ड पार्टी एपबाट आईपीओ नतिजा नहेर्न पनि आग्रह गरेका छन् ।

यस अघि शेयर हब, मिस्टर नेप्से लगायतका एपले आईपीओ नतिजा देखाउने गरेको भए पनि अब ति एपले नतिजा नदेखाउने भएका छन् । शेयर हबको आईपीओ नतिजा हेर्ने स्थानमा अहिले sorry! no data available भन्ने देखिएको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved