तीजको अवसरमा 'सारीमा सेल्फी प्रतियोगिता' गर्दै गरिमा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2023 | 04:57:22 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ ।  गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको जनाएको छ ।

क्यापिटलका अनुसार सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको “Mentions””  पोष्ट गर्नुपर्नेछ । फोटो पोष्ट गर्दा #GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited लगायतका ह्यासट्याग प्रयोग गर्नु पर्ने क्यापिटलले जनाएको छ । त्यस्तै  सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरि प्रथम हुनेलाई ३ हजार, द्वितीय हुनेलाई २ हजार र तृतीय हुनेलाई १ हजार पुरस्कार प्रदान गरिने छ ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved