भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आजदेखि बिक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2023 | 08:26:24 AM मा प्रकाशित

laxmi  sunrise bank

भिजन लुम्बिनी उर्जा कम्पनी  लिमिटेडले आज भदौ १९ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले  आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिकाका वडा नम्बर १,२,३, र ४ का स्थानीय र पोखरा महानगरका वडा नम्बर १९ का स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १९ लाख १२ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको छ भने श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ९१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको छ। 

स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  स्थानीयले छिटोमा असोज २   गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन सक्ने छन् । 

श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने असोज २ गतेसम्म मात्र आवेदन दिन सक्ने छन् । उनीहरुले न्युनतम १० कित्ता र अधिकतम १९ हजार १ सय २० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

कम्पनीले कास्की जिल्लामा २५ मेगावाटको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको प्रति मेगावाट लागत २० करोड ८० लाख रहेको छ । २०८० साल माघदेखि विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved