आईपीओ भर्नै नपाउने भएपछि ३ दिन मै २ लाखले गरे डिम्याट नविकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2023 | 01:35:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएससीले आईपीओ भर्नको लागि अनिवार्य रुपमा डिम्याट खाता नवीकरण भएको हुनु पर्ने व्यवस्था गरेपछि ३ दिन मै २ लाख बढीले डिम्याट नवीकरण गरेका छन् । सिडीएसले भदौ १५ गतेदेखि लागु हुने गरि आईपीओ भर्नको लागि अनिवार्य रुपमा डिम्याट खाता नवीकरण भएको हुनु पर्ने व्यवस्था गरेको थियो 

त्यहि दिन नै सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओ खुलेकोले आईपीओ भर्नैको लागि डिम्याट नवीकरण गर्नेको संक्य ह्वात्तै बढेको हो । सिडीएसका अनुसार भदौ १५ देखि भदौ १७ गतेसम्ममा अनलाइन माध्यमबाट २ लाख बढीले डिम्याट नवीकरण गरेका छन् । यो संख्या अझै बढ्ने सिडीएसको अनुमान छ । 

सिडीएससीले साउन १६ गते एक सूचना जारी गर्दै डिम्याट नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत २०८० भाद्र १५ गते देखि रोक्का राख्ने बताएको थियो। समय थपिने अनुमानमा धेरै लगानीकर्ताले भदौ १५ गतेसम्म डिम्याट नवीकरण गरेका थिएनन् । तर सोहि दिन खुलेको आईपीओ भर्नको लागि अहिले आईपीओ नवीकरण गर्नेको संख्या बढेको छ ।

अहिले यदि डिम्याट नवीकरण भएको छैन भने लगानीकर्ताले मेरोशेयर खोल्दा 'Your Demat account has been expired! Renew your Demat account via online payment or visit your DP.' भन्ने संदेश देखाउछ । डिम्याट नवीकरण नगरेसम्म मेरोशेयर पनि खुल्ने छैन र आईपीओ वा हकप्रदमा पनि आवेदन दिन पाइने छैन ।

यस संगै अब लगानीकर्ताले आईपीओ वा हकप्रदमा आवेदन दिने डिम्याट नविकरण गरेकै हुनु पर्ने छ ।  अधिकांश लगानीकर्ताले आफ्नो डिम्याट खाताको नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गरिरहेका थिए । आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले मेरोशेयर मात्र नविकरण गर्ने गरेका थिए। त्यस्ता लगानीकर्तालाई लक्षित गरेर सिडीएससीले डिम्याट खाताको नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरेका लगानीकर्ताको मेरोशेयर पनि रोक्का राखेको हो ।  मेरोशेयर रोक्का भएर आईपीओमा आवेदन समेत दिन नपाउने भएकोले अब बाध्य भएर लगानीकर्ताले डिम्याट पनि नवीकरण गरिरहेका छन्।

 लगानीकर्ताले आफ्नो हितग्राही खाता (Demat Account) को बार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्य (DP) लाई बुझाउनुपर्ने व्यवस्था छ। सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ । यस्ता लगानीकर्ताले शेयर विक्री गर्दा खाता रोक्का भएका कारणले e-DIS गर्न सम्भव हुदैन। 

तर दोस्रो बजारमा कारोबार नगर्नेले शेयर बिक्री नै नगर्ने भएकोले उनीहरुले लामो समयदेखिको डिम्याट नवीकरण गरेका छैनन्। मेरोशेयर नवीकरण गरेपछि आईपीओमा आवेदन भने गर्न मिल्छ  । शेयर नबेच्ने भएपछि लगानीकर्ताहरुले डिम्याट नवीकरणमा चासो देखाउने गरेका छैनन्। अब भने आईपीओ भर्नको लागि पनि डिम्याट नवीकरण गरेको हुनु पर्ने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved