ब्रोकर नम्बर ३२ ले स्याङ्जाको वालिङमा खोल्यो शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2023 | 06:37:41 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडले  आजदेखि स्याङ्जाको वालिङमा शाखा विस्तार गरेको छ । कम्पनीका अध्यक्ष रबिन्द्र प्रसाद न्हुछें प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले शाखा उद्घाटन गरेका हुन्।

कार्यक्रममा प्रदेश सभा सदस्य अर्यालले कम्पनीले यस क्षेत्रमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शाखा विस्तार गरेकोमा खुसी व्यक्त गरे । कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउने उनले विश्वास व्यक्त गरे ।

कम्पनीका संचालक सन्तोसमान श्रेष्ठले सेवालाई सहज र प्रभावकारी बनाउने लक्ष्यका साथ वालिङमा शाखा विस्तार गरिएको बताए। शाखा विस्तारसँगै वालिङ र आसपासका सर्वसाधारण लाभान्वित हुने उनले बताए।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved