ब्रोकर कमिशनबारे फेरि भयो अध्ययन, नेप्सेले पाउने कमिशन धेरै घट्ने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2023 | 03:52:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशनको सम्बन्धमा फेरि अध्ययन गरेको छ । पटक पटक अध्ययन हुँदै आएकोमा पछिल्लो पटक बोर्डका एकजना उप कार्यकारी निर्देशक संयोजक रहेको कमिटिले ब्रोकर कमिशनबारे अध्ययन गरेको हो ।

स्रोतका अनुसार उक्त कमिटिले २ साता अगाडी नै बोर्ड अध्यक्षलाई अध्ययन प्रतिवेदन बुझाईसकेको छ । कमिटिले कमिशन घटाउन सकिने निष्कर्ष निकालेको निकालेको स्रोतले जनाएको छ । स्रोतका अनुसार यस पटक ब्रोकर कमिशन घटाउँदा नेपाल स्टक एक्सचेन्ज नेप्से र नेपाल धितोपत्र बोर्डले पाउने कमिशन घटाउन सकिने सुझाव दिईएको छ । बोर्डले पाउने कमिशन भन्दा पनि नेप्सेले पाउने कमिशन धेरै घट्न सक्ने स्रोत बताउछ । 

ब्रोकरहरुले पनि ब्रोकर कमिशन घट्ने भए आफ्नो मात्र नभई नेप्से र धितोपत्र बोर्डले पाउने कमिशन पनि घट्नु पर्ने बताउदै आएका छन् । सोहिको आधारमा यस पटक सबैको कमिशन घट्न सक्ने सम्भावना रहेको बोर्ड स्रोतले जनाएको छ । 

नयाँ ब्रोकरहरुलाई लाईसेन्स दिनु अगाडी नै बोर्ड अध्यक्ष रमेश हमालले नयाँ ब्रोकर आएपछि ब्रोकर कमिशन घटाउने बताएका थिए । उनले प्रतिस्पर्धा हुने गरि कमिशनको न्युनतम सीमा खुला राख्नु पर्ने बताएका थिए । ब्रोकर कमिशन घटे पनि तल्लो सीमा खुला राख्ने वा नराख्ने भन्ने विषय छलफल कै क्रममा  रहेको बोर्ड स्रोतले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले ब्रोकर कमिशनबारे अध्ययन भएको जानकारी दिदै यो विषय छलफल कै क्रममै रहेको बताए । उनका अनुसार अहिले विभिन्न चरणको छलफल भईरहेको छ । संचालक समितिमा प्रस्ताव पेश नभएसम्म अहिले नै के कस्तो हुन्छ भन्न नसकिने उनले बिजपाटीलाई बताए । 

बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमशिन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो । बोर्डले माथिल्लो सीमालाई घटाएर ०.३० प्रतिशतसम्म कायम गर्न सक्ने बताईएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved