सिटिजन्स क्यापिटलले १२ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2023 | 08:58:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले असोज १९ गते साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने २ करोड ४० लाख रुपैयाँले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साधारणसभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

क्यापिटलले साधारणसभा प्रयोजनको लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved