नेष्डो समृद्ध लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 10:29:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्ध लघुवित्तले आर्थिक वर्ष ७९/८० को साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २६ गते पर्वतको कुश्मामा सभा आह्वान गरेको हो ।

साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट कर सहित १७.९३४२ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।  वार्षिक साधारण सभाले पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

१ ) सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूबाट प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्वन्धमा ।
२)लेखापरिक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने सम्वन्धमा ।

३) आर्थिक वर्ष २०७९/८० को संस्थाको लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्वन्धमा ।

४)नेपाल राष्ट्र वैंकवाट स्वीकृत भए बमोजिम वित्तीय संस्थाको आ.व. २०७७/७८ सम्मको संचित मुनाफा र आ.व. २०७८/७९ को खुद मुनाफा मध्येवाट २०७९ आषाढ मसान्त सम्ममा कायम चुक्ता पुँजी रु.२५ करोड ५० लाखको १७.९३४२ प्रतिशतले हुने रु. ४,५७,३२,२१०।०० (अक्षरेपी चार करोड सन्ताउन्न लाख वत्तिस हजार दुई सय दश रुपैयाँ मात्र) नगद लाभांश (नगद लाभांसमा लाग्ने कर प्रयोजनमा लागि समेत) वितरण गर्ने प्रस्ताव माथि छलफल गर्ने सम्वन्धमा ।

विशेष प्रस्ताव

१)  वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीहरुमा संस्थाको चुक्ता पुँजी शंसोधन तथा अन्य आवश्यक संशोधन गर्नु पर्ने भएमा छलफल गरी शंसोधन गर्ने सम्वन्धमा ।

२) यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा वढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ती (Acquisition) गर्ने, समझदारी पत्र (MOU) मा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन ( Due Diligence Audit Report) तयार गर्न मुल्यांकनकर्ताको नियुक्ती तथा नीजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने/गाभिने एवम् प्राप्तीसंग सम्वन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपानाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।

३) वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावलीमा गरिएको शंसोधनका सम्वन्धमा नियमनकारी निकायवाट कुनै संशोधन वा फेरवदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही वमोजिम गर्न/ गराउन तथा अभिलेखन गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्वन्धि कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत वित्तीय संस्थाको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved