नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 12:16:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।  आज मंगलबार कम्पनीको ३  करोड २० लाख कित्ता शेयर सुचिकृत भएको हो ।

 आज मंगलबार शेयर सुचिकृत भएसंगै असोज ४ गते बिहिबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । बिहीबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।

नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि १५८.४१ रुपैयाँ देखि ४७५.२३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  SNLI सिम्बलबाट कारोबार हुने छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved