
 2mb (1).gif)
जोशी हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीले भाद्र ३१ गते विहान ११ः०० बजेको लागि लिसारा ब्याङ्क्वेट हल नक्सालमा साधारणसभा आह्वान गरेको छ ।
तर गुणपूरक संख्या नपुगेर साधारणसभा स्थगित भएको कम्पनीले जनाएको छ । सभा प्रारम्भ हुनलाई कम्पनी ऐन, २०६३ तथा कम्पनीके नियमावलीको व्यवस्था बमोजिमको शेयरधनीहरुको उपस्थितिको तोकिएको गुणपूरक संख्या नपुगेका कारण उक्त सभा स्थगित गरिएको कम्पनीले उल्लेख गरेको छ । साथै साधारण सभाको अर्को मिति यथासिघ्र तय गरी शेयरधनीहरुलाई अर्को सुचना मार्फत जानकारी गराउने कम्पनीले जनाएको छ ।
पछिल्लो समय लकिङ अवधि खुलेपछि संस्थापकहरु शेयर बिक्री गरेर बाहिरिने प्रवृति बढेपछि जलविद्युत कम्पनीको साधारणसभामा गणपुरक संख्या नपुगेर सभा स्थगित हुने अवस्था बढेको छ।