११ हाइड्रो सहित २४ सुचिकृत कम्पनीले अझै बुझाएनन् वित्तीय विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 05:56:58 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

२४ वटा सुचिकृत कम्पनीहरुले नेपाल धितोपत्र बोर्डलाई आ.व. २०७९।८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएको पाईएको छ। धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा  सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ।

तर १३९ कम्पनीले मात्र समय मै विवरण बुझाएका हुन् । समय मै विवरण बुझाउनेमा वाणिज्य बैंक मात्र रहेका छन् । १९ वटै वाणिज्य बैंकले समय मै विवरण बुझाएका हुन् । 

समय मै विवरण बुझाउनेमा १९ वाणिज्य बैंक, १२ विकास बैंक, १३ फाइनान्स, ३ होटेल तथा टुरिजम समुहका कम्पनी, ४१ हाइड्रो कम्पनीले, ३ इन्भेष्टमेन्ट समुहका कम्पनी, ६ जीवन बीमा कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३१ लघुवित्त, ७ निर्जीवन बीमा कम्पनी,अन्य समुहका १ र ट्रेडिङ समुहका १ कम्पनी रहेका छन् । 

६४ कम्पनीले ढिलो विवरण बुझाएका छन् । ढिलो विवरण बुझाउनेमा १ विकास बैंक, ३ होटेल तथा टुरिजम समुहका कम्पनी, २८ हाइड्रो कम्पनीले, ३ इन्भेष्टमेन्ट समुहका कम्पनी, २ जीवन बीमा कम्पनी, ४ उत्पादन तथा प्रशोधन कम्पनी, १८ लघुवित्त, र ५ निर्जीवन बीमा कम्पनी रहेका छन् । 

२४ कम्पनीले हालसम्म पनि विवरण बुझाएका छैनन् । अझै विवरण नबुझाउनेमा ३ विकास बैंक, २ फाइनान्स, ११  हाइड्रो कम्पनीले, ६ लघुवित्त,  अन्य समुहका १ र ट्रेडिङ समुहका १ कम्पनी रहेका छन् । 


यी हुन् अझै विवरण नबुझाउने कम्पनी 

कर्पोरेट डेभलपमेन्ट बैंक 

गरिमा विकास बैंक 

कर्णाली डेभलपमेन्ट बैंक 

बेस्ट फाइनान्स 

पोखरा फाइनान्स 

दिब्यश्वरी हाइड्रो 

इस्टर्न हाइड्रो 

हिमाल दोलखा हाइड्रो 

जोशी हाइड्रो 

कुथेली बुखारी स्मल हाइड्रो 

मोदी इनर्जी 

माउन्टेन हाइड्रो 

पन्चकन्या माई हाइड्रो 

रावा इनर्जी 

शिव श्री हाइड्रो

सुपर माई हाइड्रो 

आरम्भ चौतारी लघुवित्त 

बिपीडब्लु लघुवित्त 

सीवाईसी नेपाल लघुवित्त 

धौलागिरि लघुवित्त 

समाज लघुवित्त 

श्रीजनशील लघुवित्त 

नेपाल पुनर्बीमा कम्पनी 

विशाल बजार कम्पनी




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved