फेडरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2023 | 08:40:40 AM मा प्रकाशित

laxmi  sunrise bank

फेडरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले असोज २५ गते साधारणसभा आह्वान गरेको हो । सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालकको नियुक्ति लगायतका प्रस्ताव पेश हुने छन् ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको साविक प्रबन्धपत्रमा उद्देश्य थप तथा संशोधन गर्ने , साविक नियमावलीमा आवश्यक संशोधन तथा थप गर्ने , सर्वसाधारणलाई शेयर निष्काशन गर्ने , कम्पनी गाभ्ने वा गाभिने सम्बन्धमा,विदेशी साझेदार वा लगानीकर्ता भित्राउने सम्बन्धमा, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधन तथा नियामक निकाय र अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम आवश्यक थपघट वा परिमार्जन गर्न अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पेश हुने छन्।

यो कम्पनी नेपाल बीमा प्राधिकरणबाट पुनर्बीमा दलालको लाईसेन्स प्राप्त कम्पनी हो । कम्पनी चुक्ता पुँजी ५ करोड रहेको छ भने अधिकृत पुँजी १० करोड रहेको छ । कम्पनीको अध्यक्ष महेश कुमार अग्रवाल रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved