नेपाल रिमेडिजले डाक्यो विशेष साधारणसभा, हकप्रदपछि आईपीओ जारी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2023 | 10:32:38 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्मासुटिकल कम्पनी नेपाल रिमेडिज लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २० गते विशेष साधारणसभा आह्वान गरेको हो । 

कम्पनीले हकप्रद निष्काशन गर्ने, र त्यसपछि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। यसै सम्बन्धित प्रस्तावहरु पारित गर्न कम्पनीले विशेष साधारणसभा आह्वान गरेको हो ।

सभामा निम्न प्रस्ताव पेश  हुने छन्  ।

१. विशेष साधारणसभामा कम्पनीको विद्यमान चुक्ता पूँजीको आधारमा हकप्रद शेयर जारी गरी पूँजी संकलन गर्ने सम्बन्धमा ।

२. अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने र सो बमोजिम प्रवन्ध पत्रको आवश्यक दफा संशोधन गरी पारित गर्ने सम्वन्धमा ।

३. संस्थापक र सर्वसाधारणलाई जारी गरिने शेयर प्रतिशत संशोधन गरी प्रबन्ध पत्रको आवश्यक दफा संशोधन गरी पारित गर्ने सम्बन्धमा ।

४. प्रस्तावित संशोधन सम्वन्धमा नियमनकारी निकाय तथा कार्यालयबाट फेरबदल गर्ने निर्देशन प्राप्त भएमा सोलाई सम्वोधनका लागि आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने सम्वन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved