निबन्ध प्रतियोगिता गर्दै धितोपत्र बोर्ड, प्रथम हुनेलाई ६५ हजार पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2023 | 11:50:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा निबन्ध प्रतियोगिता गर्ने भएको छ । बोर्डले असोज १५ गते देखि २१ गते सम्म विभिन्न कार्यक्रम गरि  विश्व लगानीकर्ता सप्ताह मनाउने र सो क्रममा निबन्ध प्रतियोगता पनि गर्ने जनाएको हो । 

बोर्डले निबन्ध प्रतियोगिताको लागि 'Investor Resilience in Changing Economic Conditions' भन्ने विषय चयन गरेको छ। यस प्रतियोगिताका लागि विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका क्याम्पस÷कलेजमा स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीहरुले भाग लिन सक्ने छन् । बोर्डले  असोज ९ गते भित्र बोर्डमा निबन्ध पठाईसक्न आग्रह गरेको छ  । 

प्राप्त निबन्धहरुमध्य उत्कृष्टताको आधारमा प्रथम हुनेलाई रु. ६५ हजार र द्धितिय हुनेलाई रु. ३५ हजार पुरस्कार उपलब्ध गराउने बोर्डले जनाएको छ। बोर्डका अनुसार प्रतियोगितामा भाग लिनको लागि निबन्ध नेपाली अथवा अंग्रेजी माध्यममा हुनु पर्नेछ । उक्त निबन्ध पठाउँदा आफुले अध्ययन गर्ने क्याम्पसको सिफारिस अनिवार्य रुपमा संलग्न गर्नु पर्ने बोर्डले जनाएको छ । निबन्ध [email protected] मा इमेल गरेर पनि पठाउन सकिने छ । 

निबन्ध कम्तिमा २००० शब्द सीमामा हुनु पर्नेछ । निबन्ध पठाउँदा अरु ठाउँमा प्रकाशन नभएको र प्रकाशनको लागि अरु ठाउँमा पेश नगरिएको हुनुपर्नछ । मौलिक तथा अनुसन्धानात्मक निबन्धहरुलाई प्राथमिकता दिइने बोर्डले उल्लेख गरेको छ । एआई उपकरणहरू प्रयोग गर्नु नहुने र प्लाजरिजम फ्रि भएको हुनु पर्ने बोर्डले जनाएको छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved