सिद्धार्थ क्यापिटलको साधारणसभा आह्वान, २५ प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2023 | 08:42:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले असोज २५ गते साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साधारणसभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved