ह्याम्स अस्पतालले आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2023 | 09:09:57 AM मा प्रकाशित

laxmi  sunrise bank

ह्याम्स हस्पिटल अर्थात् 'हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड' पनि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित असोज २६ गते आर्थिक वर्ष २०७९/८० को साधारणसभा आह्वान गरेको हो 

कम्पनीको विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्काशन गर्ने र यी कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालकलाई समितिलाई दिने प्रस्ताव पेश हुने उल्लेख छ

कम्पनीले काठमाडौँको धुम्बाराहीमा अस्पताल संचालन गरिरहेको छ । कम्पनीको अध्यक्ष डा. आरएस भण्डारी हुन् भने अन्य संचालकमा पीबी भण्डारी र डीबी भण्डारी रहेका छन् 

हालसम्म नेपालको पुँजीबजारमा कुनै पनि अस्पताल सुचिकृत भएका छैनन् । नर्भिक आस्पतालले धेरै समय अगाडी नै आईपीओमा जाने बताए पनि हालसम्म आईपीओ निष्काशनको लागि अनुमति माग गरेको छैन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved