कुन मूल्यमा भयो सन नेपाल लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2023 | 10:46:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार सुचारु भएको छ ।  आज बिहिबार स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएको हो ।

कम्पनीको पहिलो कारोबार प्रति कित्ता ४७५.२ रुपैयाँमा भएको छ । नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि १५८.४१ रुपैयाँ देखि ४७५.२३ रुपैयाँसम्मको तोकेकोमा ४७५.२ रुपैयाँबाट कारोबार सुरु भएको हो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको SNLI सिम्बलबाट कारोबार सुरु भएको हो । मंगलबार कम्पनीको ३ करोड २० लाख कित्ता शेयर सुचिकृत भएको थियो ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved