एआई स्टार्टअप कम्पनी नाव्या एड्भाईजर्सले पनि आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 09:07:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नाव्या एड्भाईजर्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित असोज २६ गते प्रथम साधारणसभा आह्वान गरेको हो 

कम्पनीले प्रथम  साधारणसभामा कम्पनीको कुल पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याएर आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव राखेको हो। त्यस्तै कम्पनीले पुँजी वृद्धि गरेर २ करोड पुर्याउने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । 

यो कम्पनी एआईमा आधारित स्टार्ट अप कम्पनी हो । कम्पनीले शेयर कारोबारको लागि कम्पनी छनौट गर्नको लागि सघाउने एआईमा आधारित एप पनि विकास गरेको छ ।  

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव :

१. आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७८/ ७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७९/८० को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधीत्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव :

१. कम्पनीको कूल पूँजीको दश प्रतिशत बराबरको शेयर सर्वसाधारण लाई छुट्याउने ।

२. कम्पनीको चुक्ता पूँजी बृद्धि गरी रु २,००,००,०००/०० (अक्षरेपी: दुइ करोड ) मात्र पुऱ्याउने ।

३. विशेष प्रस्ताव नं. १ र २ पारित भए बमोजिम हुने गरी कम्पनीको प्रबन्धपत्रको दफा ६ को (ख), (ग) र (घ) संशोधन स्वीकृत गर्ने तथा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम आवश्यक समायोजन गर्न सञ्चालक समिति (वा समितिले तोकेको व्यक्ति) लाई अख्तियारी प्रदान गर्ने ।

४. कम्पनीको सञ्चालक समितिमा कम्तीमा एक जना महिला संचालक हुनुपर्ने व्यवस्था गर्न नियमावलीको नियम २७ मा संशोधन स्वीकृत गर्ने तथा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेर बदल वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम आवश्यक समायोजन गर्न सञ्चालक समिति (वा समितिले तोकेको व्यक्ति) लाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved