पुँजीबजारबारे बृहत अन्तरक्रिया हुँदै, अर्थमन्त्री र गभर्नर पनि सहभागी हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 11:28:03 AM मा प्रकाशित

laxmi  sunrise bank

पुँजीबजारको विषयमा बृहत अन्तरक्रिया हुने भएको छ । विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर असोज १५ गते 'Securities Market Infrastructures, Instruments, Investors’ Behaviour and Market Stability' विषयक बृहत अन्तरक्रिया हुन लागेको हो 

नेपाल धितोपत्र बोर्ड, नेप्से, नागरिक स्टक डिलर र स्टक ब्रोकर एसोसियन अफ नेपालले संयुक्त रुपमा अन्तरक्रिया गर्न लागेका हुन्। कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाश शरण महत रहने छन्। कार्यक्रमको विशेष अतिथिहरुमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेप्सेका सीइओ कृष्ण बहादुर कार्की, सिडीएसका सीइओ पूर्णप्रसाद आचार्य, लगायत रहने छन् । त्यस्तै कार्यक्रममा स्टक ब्रोकर एसोसियन र मर्चेन्ट बैंकर्स संघका अध्यक्ष पनि सहभागी हुने छन् । 

अन्तरक्रियामा नेप्से, स्टक ब्रोकर एसोसियन अफ नेपाल, नागरिक स्टक डिलर, विश्वविद्यालयका एक जना विज्ञबाट पेपर प्रिजेन्ट हुने छ ।  कार्यक्रम बिहान ९ बजेदेखि १२:३० बजेसम्म हुने छ । 

नाम दर्ता गरेर पहिले नाम दर्ता गरेको आधारमा २०० लगानीकर्ता र २० जना आर्थिक पत्रकारलाई मात्र सहभागी गराउने बोर्डको तयारी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved