घटस्थापनाको दिन साधारणसभा गर्दै एनआईसी एसिया बैंक, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 01:32:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले साधारणसभा आह्वान गरेको छ। बैंकले असोज २८ गते घटस्थापनाको दिन काठमाडौँको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो ।  

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश गरि कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि असोज १६ देखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् । 

बैंकले शनिवारको अन्नपूर्ण पोस्टमा साधारणसभा समबन्धि विस्तृत जानकारी प्रकाशन गर्ने जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved