
आरविवि मर्चेन्ट बैंकिंङले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २९ गते साधारणसभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.१६ प्रतिशतले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
साधारणसभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, लाभांश पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
आरविवि मर्चेन्ट बैंकिंङ राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी हो ।