हाजिरी जवाफ प्रतियोगिता गर्दै मर्चेन्ट बैंकर्स संघ, विजेतालाई १ लाख पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 12:18:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मर्चेन्ट बैंकर्स संघले हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने भएको छ।  विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसर पारेर  मर्चेन्ट बैंकरहरुको छाता संगठन मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले  हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको हो।  

असोज १८, १९ र २० गतेका दिन विभिन्न विश्वविद्यालय अन्तर्गत काठमाण्डौं उपत्यकामा स्नातक तह सञ्चालन गरिरहेका कलेजका विद्यार्थीहरुका बीचमा पूँजी बजार सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता गरिने संघले जनाएको छ । संघका अनुसार उक्त हाजिरी जवाफ प्रतियोगिताका लागि प्रतियोगी विद्यार्थी स्नातक तहमा अध्ययनरत रहेको हुनुपर्ने र कुनै पनि कलेजले प्रत्येक संकायबाट स्नातक तहमा अध्ययनरत २ जना विद्यार्थी संलग्न गरी एक एक टोली छनोट गर्नुपर्ने र प्रत्येक टोलीको लागि प्रवेश शुल्क बापत रु. १०,०००।– निर्धारण गरिएको छ ।

प्रतियोगितामा विजेता हुने टोलीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले जनाएको छ। जस अनुसार प्रथम हुने टोलीको लागि रु. १ लाख, द्वितीय हुने टोलीको लागि रु. ५० हजार तृतिय हुने टोलीको लागि रु.२५ हजार धनराशीको व्यवस्था गरिएको छ ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा भाग लिनको लागि २०८० असोज १२ गते भित्र संघमा वा संघको इमेल ठेगाना [email protected]  मा प्रतियोगी टोलीको नामावली पठाउनु पर्ने संघले जनाएको छ ।  संघले स्नातक तह सञ्चालन गरिरहेको काठमाण्डौं उपत्यकास्थित सम्पूर्ण कलेजहरुलाई प्रतियोगितामा भाग लिन आह्वान गरेको छ भने विस्तृत जानकारीको लागि ९८६०१०३२१५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी देशव्यापी रुपमा सचेतना तथा ज्ञान अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले  धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (इस्को)को आह्वान तथा नेपाल धितोपत्र बोर्डको समन्वयमा २०८० असोज १५ गतेदेखि असोज २१ गतेसम्म विश्व लगानीकर्ता सप्ताह–२०२३ मनाउन लागिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved