राष्ट्र बैंकका गभर्नर अधिकारी र धितोपत्र बाेर्डका अध्यक्ष हमालबीच भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 04:50:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमालबीच आज भेटघाट भएकाे छ । साे अवसरमा उनीहरूबीच पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय राष्ट्र बैंकको नीतिको कारण शेयर बजारमा गिरावट आएको भन्दै लगानीकर्ताले राष्ट्र बैंकको आलोचना गर्दै आएका छन् ।  धितोपत्र बोर्डका अध्यक्षले पनि राष्ट्र बैंकको केहि नीतिका कारण पुँजीबजारलाई प्रभाव परेको बताउने गरेका छन् । साथै राष्ट्र बैंकले शेयर धितोकर्जाको १२ करोडको सीमा हटाउने चर्चा बजारमा चलेको छ।

यस्तो अवस्थामा राष्ट्र बैंकका गभर्नर र नेपाल धितोपत्र बाेर्डका अध्यक्षबीच भएको छलफललाई चासोका साथ हेरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved