शेयरबजार ओभर करेक्सन हुँदा पनि १५० प्रतिशतको जोखिमभार ठिक भएन: डा. खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2023 | 04:26:43 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले शेयरबजारको विषयमा राष्ट्र बैंकको भूमिका माथि प्रश्न उठाएका छन्  नेपाल उद्योग व्यवसायी महासंघले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्र बैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहेको र यो काम राम्रो नभएको टिप्पणी गरेका हुन् 

राष्ट्र बैंकका पुर्व गभर्नर समेत रहेका डा. खतिवडाले शेयर बजार ओभर करेक्सन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार राखिरहनु ठिक नभएको बताए  । त्यस्तै उनले धितोपत्र बोर्डको भूमिका माथि पनि प्रश्न गर्दै बजारलाई स्थायित्व दिने जिम्मेवारी पाएको धितोपत्र बोर्डले आईपीओ बाढी ल्याउन नहुने बताए । उनले भने 'बजारलाई स्टेबल राख्न धितोपत्र बोर्डको हो, आईपीओ आईपीओ भनेर बोर्डले किन बाढी ल्याइरहेको छ ?'

उनले नेप्सेको हालत पनि ठिक नभएको बताए  । टि प्लस २ भनिए पनि सो समयमा शेयर कारोबारको राफसाफ नहुने गरेको र शेयर कारोबारको सिस्टम पनि गतिलो नभएको टिप्पणी गरेका छन्। 

डा. खतिवडाले कुनै पनि निकाय आफ्नो जिम्मेवारीबाट भाग्नु नहुने र आफ्ना जिम्मेवारी पन्छाएर हल्लाखल्ला गरेर केही नहुने बताए । उनले अर्थ मन्त्रालयले पनि राष्ट्र बैंकमाथि अन्वाश्यक हस्तक्षेप गरिरहेको भन्दै त्यसलाई रोक्नु पर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved