सुचिकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउने नेप्सेको आग्रह, नतिर्नेको शेयर कारोबार रोकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 10:24:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई असोज मसान्त भित्र नै नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०८०/८१ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउ आग्रह गरेको हो।

असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार ५० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले वार्षिक ५० हजार शुल्क तिर्नु पर्छ भने ५० करोड बढी पुँजी भएका कम्पनीले वार्षिक १ लाख शुल्क तिर्नु पर्छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved