मिड सोलु हाइड्रोको शेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 08:39:46 AM मा प्रकाशित

laxmi  sunrise bank
 मिड सोलु हाइड्रोपावर कम्पनीले एनआईसी एसिया क्यापिटललाई शेयर रजिष्ट्रार चयन गरेको छ । असोज १२ गतेदेखि लागु हुने गरि असोज  १० शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको हो।

यस संगै मिड सोलुको शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईसी एसिया क्यापिटलले गर्ने छ  । 

मिड सोलुले निष्काशन गरेको आईपीओ बाँडफाँड भैसकेको छ । नेप्सेमा शेयर सुचिकृत भएसंगै लगानीकर्ताले ति शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved