नेपाल रिपब्लिक मिडियाको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 09:54:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रिपब्लिक मिडियाले साधारणसभा आह्वान गरेको छ। कम्पनीले कार्तिक ३ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो ।

सभामा आ.व. २०७९/०८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आ.व. २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सो लाई पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै साधारणसभाले कम्पनीको नियमावली बमोजिम सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने  एक जना संचालकको निर्वाचन गर्ने छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने  छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved