एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 08:18:18 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १७ गते बिहान ९ बजे आम्रपाली व्यान्क्वीट काठमाडौँमा सभा आह्वान गरेको हो ।

 कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन  ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

(क) साधारण प्रस्तावहरुः

१. एघारौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. आ.व. २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७९/०८० को वार्षिक नाफा/नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८०/०८१ को लागि लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक पुनः नियुक्तिका लागि योग्य रहेको ।)

४. रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने ।

ख) विशेष प्रस्तावहरु :

१. कम्पनीको प्रबन्धपत्रको दफा तथा नियमावलीको नियममा निम्नानुसार संशोधन गर्ने ।

(क) प्रबन्धपत्रको दफा ४ को (घ) र (ङ) संशोधन गर्ने, दफा ४ को (ढ) पछि (ण), (त) थप गर्ने र दफा ६ को (ङ), (च) र (छ) हटाउने ।
(ख) नियमावलीको नियम ७ संशोधन गर्ने, नियम १९ को उपनियम (५) र (७) तथा नियम २३ को भाषागत त्रुटी सच्याउने, नियम २७ को उपनियम (२), (४) र (९), नियम ३१ को उपनियम (१) संशोधन गर्ने एवं सोको (क) र (ख) हटाउने, नियम ३१ ( २ ) पछि ३१ (३) थप गर्ने र नियम ३२ को उपनियम (१) संशोधन गर्ने ।

२. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमानुसार संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी वा नियामक निकाय / कार्यालयले कुनै फेरवदल / संशोधन / परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved