असल र खराब कम्पनीको छनौट आजै देखि सुरु गरौ : अम्बिका पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 09:52:04 AM मा प्रकाशित

laxmi sunrise bank

पुँजीबजार विश्लेषक अम्बिका प्रसाद पौडेलले असल र खराब कम्पनीको छनौट गर्न आम लगानीकर्तालाई आग्रह गरेका छन् । असल र खराब कम्पनीको छनौट गर्न सकेमा विभिन्न बहानामा थापेका पासोमा नपारिने भन्दै उनले आजै देखि असल र खराब कम्पनीको छनौट गर्न आग्रह गरेका हुन् ।

पुँजीबजारमा कसले के गर्यो, के हुनु पर्थ्यो भन्ने कुरा भन्दा पनि ' मैले के गरेको छु' भन्ने विषयमा बढी केन्द्रित हुन उनले आग्रह गरेका छन्। खराव कम्पनीले प्रिमियम पायो, राईट पायो, आइपीओ पायो भनि रहनु भन्दा खराब कम्पनीमा किन हामीले लगानी गर्दैछौं तर्फ विचार गर्न उनले आग्रह गरेका हुन्।

उदाहरण दिदै उनले भनेका छन् 'तपाईंलाई नुहाउनको लागि दुई वटा धाराको व्यवस्था गरीएको छ। एउटा सफा पानीको आर्को ढलको। तपाईं सफा पानी र ढलको पानीको धारा छुट्याउन सक्नु हुन्न भने नुहाएर सफा हुन्छ भन्ने भ्रमबाट मुक्त हुनु होस्। फोहोर पानीले नुहाउने अनि लुतो खटिरा आए भनेर आर्कोलाई गाली गर्ने काम नगर्नु होस्।'

दोस्रो बजारमा लगानी गर्दै गर्दा कम्पनीको अनि शेयर बजारको आधारभूत विषयको जानकारी राख्ने गर्न उनले आग्रह गरेका छन्। आधारभुत जानकारी सहितकाे शेयर बजार सुन्दर रहेको र जानकारी बिनाको शेयर बजार निकै पीडा दायक रहेको उनले उल्लेख गरेका छन्। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved