तत्काल नेप्सेको आईपीओ जारी गर्न माग गर्दै नेप्सेका कर्मचारी आन्दोलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 01:27:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका कर्मचारी आन्दोलित भएका छन्। नेप्से कर्मचारी संघको आयोजनामा आजदेखि कर्मचारीहरुले आन्दोलन थालेका हुन् ।

तत्काल नेप्सेको आईपीओ जारी गरि नेप्सेलाई पुनर्संरचना गर्नु पर्ने, नेप्सेलाई सवल, सक्षम, प्रतीस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउनु पर्ने माग गर्दै नेप्से कर्मचारी युनियनले आन्दोलन थालेको हो । यी विषयमा नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आजदेखि आन्दोलनको कार्यक्रम सुरु गरिएको नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले जानकारी दिए । 

अध्यक्ष थापाका अनुसार आज बुधबार पहिलो चरणमा प्लेकार्ड सहित सौहार्द वातावरणमा दबाव मूलक कार्यक्रम स्वरुप एक घण्टे धर्ना सम्पन्न गरिएको छ । नेप्सेको पुनःसंरचना गर्ने विषयलाई सम्बन्धित सरोकारवाला पक्षले सम्बोधन नगरे सम्म दबाव मूलक कार्यक्रमलाई निरन्तर जारी राखिने उनले बताएका छन् । 

हेर्नुस् फोटो फिचर :



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved