सोनापुर सिमेन्टको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 08:54:07 AM मा प्रकाशित

laxmi sunrise bank
सोनापुर मिनारल्स  एण्ड आयल लिमिटेड (सोनापुर सिमेन्ट) ले एनआईएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रार चयन गरेको छ । 

यस संगै सोनापुर सिमेन्टको शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईएमबि एस क्यापिटलले गर्ने छ  । 

कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ हिजो बुधबार बाँडफाँड भईसकेको छ । आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले कम्पनीको शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved