फेडरल रिइन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपीओ निष्काशन प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 05:48:27 PM मा प्रकाशित

laxmi  sunrise bank

फेडरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आफ्नो दोस्रो साधारणसभा सम्पन्न गरेको छ। यो कम्पनी नेपाल बीमा प्राधिकरणबाट पुनर्बीमा दलालको लाईसेन्स प्राप्त कम्पनी हो ।   

उक्त साधारण सभाले संस्थापक समुहबाट रिक्त संचालक पदमा बिराटनगर–१२, मोरङ्ग निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको छ। साथै, सामान्य प्रस्ताव तर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको छ ।

यसैका साथ,  विशेष प्रस्ताव तर्फ सर्वसाधारणलाई शेयर निष्काशन ,कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्राउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ । उक्त समारोहमा संस्थालाई योगदान पु¥यााउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदान समेत गरिएको कम्पनीले जनाएको छ । 

फेडरल विश्वकै प्रतिष्ठीत United Registrar of Systems (URS), United Kingdom बाट ISO 9001:2015 गुणस्तर प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र पुनर्बीमा दलाल कम्पनी हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved