
लगानीकर्ता तिलक कोइरालाले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरण विरुद्द अख्तियारमा उजुरी दिने भएका छन् । कोइरालाले आज बिहान उजुरी दिने कार्यक्रम रहेकोले बिहान १०:३० बजे अख्तियारमा उपस्थित हुन आम लगानीकर्तालाई आग्रह गरेका छन् ।
कोइरालाको नेतृत्वमा बिहिबार अनामनगरमा लगानीकर्ताहरुको भेला भएको थियो । उक्त भेलाले प्रचलित ऐन विपरित प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको भन्दै त्यस विरुद्द अख्तियार र अदालत जाने निर्णय गरेको थियो । सोहि अनुसार आज अख्तियारमा उजुरी दिईने कोइरालाले उल्लेख गरेका छन् । त्यसपछि अदालत पनि जाने उनले बताएका छन् ।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले कानुन विपरित बीमा कम्पनीहरुलाई प्रिमियममा आईअपीओ निष्काशनको अनुमति दिएको उनको आरोप छ ।