हकप्रद मार्फत पुँजी बढाउँदै एलिट मर्चेन्ट क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 09:00:39 AM मा प्रकाशित

laxmi  sunrise bank

 एलिट मर्चेन्ट क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ८ गते साधारणसभा आह्वान गरेको हो ।

सभामा हकप्रद निष्काशन गरेर पुँजी बढाउने सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले २५ प्रतिशत हकप्रद निष्काशन गरेर पुँजी बढाउने तयारी गरेको हो ।

एलिट क्यापिटल लिमिटेडले ८ महिना अगाडी नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स पाएको हो।  कम्पनीका कार्यकारी अध्यक्ष दिनेश आचार्य हुन् । यस कम्पनीका शेयरबजारका लगानीकर्ता र गैरआवसीय नेपालीहरुको पनि लगानी रहेको छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव 

१. आ.व. २०७९ / ८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२.  लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७९/८० को नाफा / नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने ।

३. आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव 

१. यस कम्पनीको अधिकृत पूँजी रु. ३०,००,००,०००/- (तीस करोड) पुऱ्याउने र सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।

२. हाल कायम चुक्ता पूँजी रु.१८,००,००,०००l - (अठार करोड रुपैयाँ मात्र) बाट वृद्धि गरी चुक्ता पूँजी रु.२२,५०,००,०००/- (बाइस करोड पचास लाख मात्र) पुऱ्याउने तथा जारी पुँजी रु.२२,५०,००,०००l - ( बाइस करोड पचास लाख मात्र) बाट वृद्धि गरी रु.२८,१२,५०,०००/- (अठ्ठाइस करोड बाह्र लाख पचास हजार मात्र) पुऱ्याउने विशेष प्रस्ताव पारित गर्ने र सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।

३. हालको चुक्ता पुँजी रु. १८,००,००,०००।- (अठार करोड) को २५ प्रतिशतले हुन आउने रु.४,५०,००,०००/- (चार करोड पचास लाख) बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने ।

४. यस कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनको लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved