आईपीओको तयारीमा रहेको बिफिनको साधारणसभा आह्वान, १४.७० प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 09:26:20 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेड  (बिफिन) ले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले मङ्सिर २२ गते  बानेश्वर स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १४.७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको सभामा  आर्थिक वर्ष २०७९/८०  को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९/८० को वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण, पूँजीमा भएको परिवर्तन गायत तत्सम्बन्धी सम्पूर्ण अनुसुचीहरु उपर छलफल गरि स्विकृत गर्ने प्रस्ताव पेश हुने छन् ।

त्यस्तै संचालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पुँजी रु ४,९५,००,००००० (चार करोड पन्चानब्बे लाख रुपैया मात्र) को १४.७०% ले हुने रकम रु. ७२, ७६, ५००।०० (बहत्तर लाख छ्यात्तर हजार पाँच सय मात्र) नगद लाभाशं (लाभाशं कर प्रयोजनको लागि समेत) प्रदान गर्न स्विकृत प्रदान गर्ने प्रस्ताव पेश हुने छ।  कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाहृय लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभामा पेश हुने छ। सभामा ५ जना संचालकको मनोनयन गर्ने प्रस्ताव पनि पेश हुने छ । 

कम्पनीले लामो समयदेखि आईपीओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले सर्बसाधारणलाई १० प्रतिशत अर्थात ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ।

यस कम्पनीमा ७ वाणिज्य बैंक सहित १५ वटा बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved