इन्भेष्टमेन्ट कम्पनी अल्फा क्यापिटलले प्रिमियममा आईपीओ जारी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 08:49:25 AM मा प्रकाशित

laxmi  sunrise bank

पुँजीबजार र रियल स्टेटमा लगानी गरिरहेको इन्भेष्टमेन्ट कम्पनी अल्फा क्यापिटलले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले मङ्सिर १२ गतेको लागि आह्वान गरेको साधारणसभाको विशेष प्रस्तावमा प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव समावेश छ ।

कम्पनीको साधारणसभामा पेश हुने प्रस्तावमा समान उद्देश्य भएको अन्य कम्पनीलाई गाभ्ने, कम्पनीको पुँजी वृद्धी गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कम्पनीको शेयर प्रिमियम मूल्यमा बिक्री गर्ने, आईपीओ निष्काशन गर्ने प्रस्ताव समावेश छन् ।  

यस कम्पनीको अध्यक्ष अजय बहादुर प्रधानाङ्ग हुन् भने अजय कुमार श्रेष्ठ म्यानेजिङ डाइरेक्टर र निरन्जन श्रेष्ठ डाइरेक्टर हुन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved