नेप्सेमा माथिल्लो मैलुङको आईपीओ सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 01:06:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्काशन गरेको आईपीओ  सुचिकृत भएको छ ।  आज बिहिबार कम्पनीको १ करोड कित्ता शेयर सुचिकृत भएको हो ।

 आज बिहिबार शेयर सुचिकृत भएसंगै मङ्सिर ४ गते सोमबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।

नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि ९६.१४ रुपैयाँ देखि २८८.४२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  MMKJL सिम्बलबाट कारोबार हुने छ ।  

यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यापारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ। आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ । प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ ।  आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved