नेशनल हाइड्रोपावरको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 09:17:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २२ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको आ.व. २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९ / ०८० को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने, आ.व. २०८० / ०८१ को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्ध पत्रको दफा ६ को (क) र (ख) संशोधन गर्ने प्रस्ताव पेश हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश घोषणा गरेको छैन । अघिल्लो वर्ष भने कम्पनीले १९.५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved