नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिने बाटो खुल्यो, पुरानो निर्देशन खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 08:53:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खोलिदिएको छ । आज शुक्रबार बसेको अर्थ समितिको बैठकले यस अघि समितिले २०८० जेठ २९ गते दिएको निर्देशन खारेज गरेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खोलिदिएको हो।

अर्थ समितिको बैठकले २०८० जेठ २९ गते  समितिबाट विस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेन्जको स्थापना सम्बन्धी कामकारवाहीलाई अगाडि नबढाउन नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो ।

तर समितिको आज बसेको बैठकले  सम्बन्धित निकायहरुबाट कागजात माग गरी अध्ययन गर्दा नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रदान गर्ने वा नगर्ने भन्ने विषय सर्वोच्च अदालतमा प्रवेश भई अन्तिम फैसला भइसकेको देखिन आएकोले उक्त निर्देशनको प्रयोजन समाप्त भएको निर्णय गरेको हो । समितिले यसको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई दिने निर्णय गरेको छ ।

पुरानो निर्देशन खारेज गर्ने निर्णयमा अर्थ समिति सदस्य डा. स्वर्णिम वाग्लेले भने फरक मत राखेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved