ट्रू नर्थ एशोसिएट्सद्वारा एनआईसी एशिया क्यापिटलमा रणनीतिक लगानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2023 | 08:54:37 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइभेट इक्विटी भेन्चर क्यापिटल कम्पनीको रुपमा रहेको ट्रू नर्थ एशोसिएट्स (टीएनए)ले एनआईसी एशिया क्यापिटलमा रणनीतिक शेयर लगानीको लागि सम्झौता गरेको छ। एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने,  ट्रू नर्थ एशोसिएट्सका अध्यक्ष सुमन जोशी र एनआईशी एशिया क्यापिटलका अध्यक्ष सन्तोष कुमार राठीले शुक्रबार यस रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यस रणनीतिक साझेदारले एनआईशी एशिया क्यापिटललाई प्राइभेट इक्विटी भेन्चर क्यापिटलको क्षेत्रमा अग्रपंक्तिमा राख्न सघाउने विश्वास क्यापिटलले व्यक्त गरेको छ । ट्रू नर्थ एशोसिएट्सको यो १४ औ लगानी रहेको र फण्ड व्यवस्थापकमा यो तेस्रो लगानी हो  ।  

नेपालमा वैकल्पिक लगानी प्रबर्दन गर्न यस सम्झौताले सघाउने ट्रू नर्थ एशोसिएट्सले जनाएको छ।   ट्रू नर्थ एशोसिएट्सले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको लाइसेन्स पनि पाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved