प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2023 | 11:53:11 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल लिमिटेड र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच सम्झौता भएको छ। कलेजको व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको क्यापिटलले जनाएको छ  । 

सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका संचालक अभिषेक के. कार्कीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान तथा तालिमहरु प्रदान गर्ने छ । त्यसै गरि क्यापिटलले व्यवहारिक ज्ञान प्रदान गर्न विद्यार्थीहरुलाई इन्टर्नशिपको पनि अवसर प्रदान गर्ने गरि सम्झौता भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved