२ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 08:36:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मङ्सिर ६ गते बुधबार २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज स्ट्याण्डर्ड चार्टर्ड बैंक र आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी दुई कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

आरएसडिसी लघुवित्तले मङ्सिर १५ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ८.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५२६ प्रतिशत नगद गरि कुल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले  मङ्सिर २४ गते आइतबार साधारणसभा आह्वान गरेको छ । बैंकले आ.व. २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।   

सम्बन्धित  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved