रिडीका न्यौपाने र नेपाल विरुद्द सम्पत्ति सुद्धिकरण मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 02:29:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले  रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।  शेयरको भित्री कारोबार (इनसाईडर ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले उनी विरुद्द मुद्दा दायर गरेको हो ।

गुरुप्रसाद न्यौपानेले १ करोड ९९ करोड लाख १० हजार २ सय ५२ रुपैयाँ  गैरकानूनी सम्पत्ति आर्जन गरेकोले सोहि रकम बिगो कायम गरि विगोको दोब्बर जरिवाना गर्न विभागले माग गरेको छ । त्यस्तै कसुरको मात्रा अनुसार कैद सजाय गरि पाउन र सम्पत्ति शुद्धीकरण गरी निःसर्ग गरेको  एक करोड उनान्सय लाख दश हजार दुईसय बाउन्न रुपैयाँ बराबरको सम्पत्ति  अनुसन्धानको क्रममा रोक्का राखिएको सम्पत्तिमध्येबाट जफत गर्न विभागले मागदाबी गरेको छ  ।

त्यस्तै  न्यौपानेलाई इनसाईडर ट्रेडिङ गर्न सहजीकरण गरेको अभियोगमा विभागले रिडी पावरका हालका सीइओ कुवेरमणी नेपाल विरुद्द पनि मुद्दा दायर गरेको छ। कुवेरमणी नेपाललाई भने गुरुप्रसाद न्यौपानेलाई हुने सजायको आधा सजाय गर्न माग गर्दै विभागले मुद्दा दायर गरेको हो ।

विभागका अनुसार सम्पत्ति शुद्धीकरणको कसुरमा प्रारम्भिक जाँचबुझ तथा अनुसन्धान हुँदा रिडी पावर कम्पनी लि. का तत्कालीन अध्यक्ष न्यौपानेले उक्त कम्पनीको शेयर निज सो पदमा बहाल रहदाकै बखत २०७७ साल चैत्र १९ गतेदेखि २०७८ साल साउन २४ गतेसम्म खरीद विक्री गरेको विषयमा तहकिकात गर्दा निजले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोवार गरेको देखिएकाले उक्त कसुरमा मुद्दा दर्ता गरिएको भन्ने समेतका व्यहोरा उल्लेख भएको देखिन आएकाले सो सम्बद्ध कसुर (इन्साइडर ट्रेडिङ) बाट प्रतिवादी गुरुप्रसाद न्यौपानेले अर्का प्रतिवादी कुवेरमणी नेपालको सहजीकरण र मिलेमतोमा रु. १,९९,१०,२५२।– (एक करोड उनान्सय लाख दश हजार दुईसय बाउन्न) रकम जानीजानी प्राप्ति, धारण एवं निःसर्ग समेत गरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क), (ख) र (ग) ले निषेधित कार्य गरी सोही ऐनको दफा ३ को उपदफा (३) को कसूर गरेको तथ्य प्रमाणित हुन आएको विभागले जनाएको छ ।  

विभागले निज गुरु प्रसाद न्यौपानेलाई विगो रु. १,९९,१०,२५२/- (एक करोड उनान्सय लाख दश हजार दुईसय बाउन्न ) कायम गरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम विगोको दोब्बर जरिवाना, कसुरको मात्रा अनुसार कैद सजाय गरि पाउन र सम्पत्ति शुद्धीकरण गरी निःसर्ग गरेको उक्त रु. १,९९,१०,२५२/- (एक करोड उनान्सय लाख दश हजार दुईसय बाउन्न ) बराबरको सम्पत्ति सोही ऐनको दफा १८(२) बमोजिम अनुसन्धानको क्रममा रोक्का राखिएको सम्पत्तिमध्येबाट जफत हुन र अर्का प्रतिवादी कुवेरमणी नेपाल विरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (२) को कसुर (षडयन्त्र बाहेक) मा ऐ. ऐनको दफा ३० को उपदफा (२) बमोजिम गुरुप्रसाद न्यौपानेलाई हुने सजायको आधा सजाय हुन दावी लिई २०८०/७/२३ गते विशेष अदालत काठमाडौँ समक्ष अभियोग दायर गरिएको विभागले जनाएओ छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved